Thursday, September 21, 2017

दिउँसो तीन बजे माओवादी तर्फका मन्त्रीले शपथ लिने, को को बन्ने भए त मन्त्री

प्रकाशित मिति: 2016/08/14

साउन ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

सत्ता साझेदार नेपाली काँग्रेसले नाम बुझाउन ढिलाई गरेपछि आफ्नै पार्टीका चार मन्त्रीलाई समेटेर प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

जनार्दन शर्मा प्रभाकरलाई उर्जा, राम कार्कीलाई सञ्चार, डि.आर पौडेललाई शिक्षा तथा हितराज पाण्डेलाई स्थानीय विकास मन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रिहरुको सपथग्रहण दिउँसो ३ बजेका लागि तय भएको छ ।

माओवादीकै तर्फबाट मन्त्री बन्ने बताइएका प्रभु शाहको नाम अन्तिम समयमा आएर काटिएको छ । उनलाई कानुन मन्त्री बन्न प्रस्ताव गरिएको थियो । तर, उनले स्थानीय विकास मागे थिए ।

यसअघि राज्यमन्त्री नबनाउने भनिएपछि महिला र जनजातीमा सन्तुलन मिलाउन प्रधानमन्त्रीले राज्यमन्त्री पनि बनाउने तयारी गरेका छन् । माओवादीबाट कम्तिमा २ जना राज्यमन्त्री बन्ने छन् ।

 

तपाईंको बिचार