Friday, July 28, 2017  |    

प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो महिनाको तलब फाउण्डेशनलाई सहयोग गर्ने

प्रकाशित मिति: 2016/08/17

भाद्र १, २०७३ । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो महिनाको तलब सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत वस्ती निर्माण अभियानमा लागेका  धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने भएका छन् ।

उक्त फाउण्डेसनका संस्थापक दम्पती सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सँग बुधबार बिहान भएको भेटमा प्रधानमन्त्रीले पहिलो महिनाको तलब दिने घोषणा गरेका हुन् ।

नयाँ आर्थिक वर्षमा २५ प्रतिशत बृद्धि भएसँगै प्रधानमन्त्रीको तलब ७७ हजार २ सय ८० रुपैयाँ कायम भएको छ ।
भेट गर्नका लागि प्रधानमन्त्री कार्यालयबाट धुर्मुस–सुन्तलीलाई बालुवाटार बोलाएको थियो ।
 

 

 

तपाईंको बिचार