Thursday, September 21, 2017

माग पुरा नभएसम्म सरकारमा जाँदैनौँ – नेता महतो

प्रकाशित मिति: 2016/08/18

 

राजविराज, २ भदौ । सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म सरकारमा नजाने सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले बताउनुभएको छ ।

तेस्रो मधेस आन्दोलनका क्रममा एक वर्षअगाडि सप्तरीको भारदहमा मृत्यु भएका राजीव राउतसहित छजनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै महतोले यस्तो कुरा बताउनुभएको हो ।

मधेसी मोर्चा सप्तरीले बुधबार भारदहमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै नेता महतोले आफूहरुको माग सम्बोधन भएमात्र सरकारमा जान सकिने उहाँले बताउनुभयो ।

साथै, आन्दोलनका क्रममा सप्तरीमा सहादत प्राप्त गरेका छजनाका पत्नीलाई दोसल्ला ओढाई सम्मानसमेत गर्नुभएको थियो । कार्यक्रम मोर्चाको क्षेत्र नं २ का कुन्दनकुमार मण्डलको अध्यक्षतामा भएको थियो ।

यसैबीच, तेस्रो मधेस आन्दोलनमा सर्वप्रथम मृत्यु भएका राजीव राउतलगायतको सम्झनामा सप्ताहा कार्यक्रमअन्तर्गत बुधबार पहिलो दिन जिल्लाका विभिन्न स्थानमा द्वीप प्रज्वलन गरिएको थियो । रासस

 

तपाईंको बिचार