Thursday, September 21, 2017

नेपाली कांग्रेसका १३ मन्त्रीको सपथसँगै प्रचण्डको मन्त्रिपरिषद विस्तार

प्रकाशित मिति: 2016/08/26

काठमाडौं । माओवादी केन्द्रसँगको गठबन्धन सरकार बनेको २३ दिनपछि सत्तासाझेदार कांग्रेसले सरकारमा पठाउने थप मन्त्रीको नाम टुंगो लगाएको छ । आन्तरिक विवादमा अल्झिएको कांग्रेसले कांग्रेसले बाँकी १३ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको हो ।

यसअघि कांग्रेसका दुई मन्त्रीले शपथ लिइसकेका छन् । साउन १९ गते प्रधानमन्त्री चुनिएको भोलिपल्ट कांग्रेसका तर्फबाट २ मन्त्री निधि र लेखक मात्रैले शपथ लिएका थिए ।

शुक्रबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा मन्त्रीहरूको पद तथा गोपनियताको सपर्थ कार्यक्रम भएसँर्गै उक्त मन्त्रिमण्ड विस्तार भएको हो ।

नेपाली कांग्रेसका नयाँ मन्त्रीहरु
अर्जुननरसिंह केसी, सहरी विकास मन्त्री
प्रकाशशरण महत, परराष्ट्र मन्त्री
बालकृष्ण खाँड, रक्षा मन्त्री
जीवनबहादुर शाही, पर्यटन मन्त्री
केशवकुमार बुढाथोकी, सामान्य प्रशासन मन्त्री
सूर्यमान गुरुङ, श्रम  मन्त्री
सीतादेवी यादव, शान्ति तथा पुनर्निर्माण मन्त्री
दीपक गिरी, सिँचाइ मन्त्री
रोमी गौचन, थकाली वाणिज्य मन्त्री
नवीन्द्रराज जोशी, उद्योग
हृदयराम थानी, गरिबी निवारण तथा सहकारी मन्त्री
गगन थापा, स्वास्थ्यमन्त्री
शंकर भण्डारी, वन मन्त्रालय

 

तपाईंको बिचार