Friday, September 22, 2017

मोर्चा नै संविधान संशोधनमा विभाजित

प्रकाशित मिति: 2016/09/06

काठमाडौं । सहजीकरण गर्न मधेसवादी दलले आन्तरिक रूपमा कार्यदल गठन गरेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजित भएको छ। २८ दल आबद्ध संघीय गठबन्धनको आइतबार बैठकले संविधान संशोधनका लागि सहजीकरण तथा संशोधन प्रस्ताव अघि बढाउन सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदल गठन प्रक्रियालाई लिएर सात दलआबद्ध मोर्चा विभाजित भएको हो।

मोर्चामा आबद्ध संघीय समाजवादी फोरम र राष्ट्रिय मधेस समाजवादी पार्टी हाबी भएर जबर्जस्त उक्त निर्णय गरिएको भन्दै बहुसंख्यक मोर्चाका सदस्यले विरोध जनाएका छन्। संविधान संशोधनलाई लिएर मोर्चा विभाजित भएपछि अब संविधान संशोधन प्रक्रिया कसरी अघि बढ्छ भन्ने अन्योल बढेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ अन्तिममा भारत भ्रमण गर्नुअघि नै संविधान संशोधन प्रक्रिया थाल्ने बताइरहेका बेला असन्तुष्ट समूह विभाजित भएपछि उक्त प्रक्रिया कहिले सुरु हुन्छ भन्ने द्विविधा देखिएको एक मन्त्रीले बताए।

संघीय गठबन्धनले संविधान संशोधनलाई सहजीकरण गर्न भन्दै कार्यदल गठन गर्दा मोर्चाबीचमै पर्याप्त छलफल नगरेको असन्तुष्ट पक्षको गुनासो छ। गठबन्धनले कार्यदल संयोजकमा चयन गरेका सद्भावनाका सहअध्यक्ष कर्णले कार्यदल गठन गर्दा मोर्चामा आबद्ध दलसँग छलफल नगरेको बताए।

ुमोर्चा भनेको कुनै एउटा व्यक्ति र दलको संगठन होइन, उनले भने, न मोर्चामा आबद्ध सात दलसँग छलफल गरियो। न मलाई नै त्यसबारे जानकारी दिइयो। कर्णले सञ्चार माध्यमबाट मात्र कार्यदलको संयोजक बनाइएको बारे जानकारी पाएको बताए। मोर्चाका अर्का नेता मनीष सुमनले संविधान संशोधनका लागि गठबन्धनले गठन गरेको कार्यदलको कामै नभएको बताए।

 

तपाईंको बिचार