Tuesday, June 27, 2017  |    

नयाँ शक्तिमा विवाद, आज वैठक बस्दैछ

प्रकाशित मिति: 2016/09/11

भदौ २६, काठमाडौं । पार्टीको अन्तरिम केन्द्रीय परिषद् सदस्य विस्तारले नयाँ शक्ति भित्र विवाद जन्मिएको छ । पछिल्लो पटक गत भदौ १५ मा थपिएका चार सय ६ जनाको नामसँगै नयाँ शक्तिमा विवाद उत्पन्न भएको हो ।
परिषद् विस्तार विवादमा आएपछि नयाँ शक्तिले हाल विस्तारित परिषद् स्थगन गरेको छ । नयाँ शक्तिको केन्द्रीय कार्यलयका तर्फबाट बामदेव क्षेत्रीले सूचना जारी गर्दै विस्तारित परिषद् सदस्यको निर्णय कार्यन्वयन नहुँने बताएका छन् ।

संगठन विभागले तयार पारका प्रस्ताव अनुसार केन्द्रीय परिषद विस्तार गरिएको थियो । तर, नाम सार्वजनिक भएको १० दिनमै निर्णय कार्यन्वयन नगर्ने गरी केन्द्रीय कार्यलयले सूचना जारी गरेको हो ।

विस्तारित केन्द्रीय परिषद्लाइ लिएर नेता मुमाराम खनालले असन्तुष्टि जनाएको बताइएको छ ।
विस्तारिक केन्द्रीय परिषद्मा ५ नम्वर प्रदेशबाट पनि कोही परेका थिएनन् । प्रदेशबाट नाम सिफारिस नभएपछि पछि थप्ने गरी पहिलो चरणमा भदौ १५ गते केन्द्रीय परिषद् विस्तार गरिएको थियो । केही ठाँउमा जुनियरलाई परिषद्मा ल्याइएको भन्दै असन्तुष्टि देखिएको छ । सम्बन्धित कमिटिबाट सिफारिस भएका केही व्यक्तिहरुको विषयमा विवाद रहेको र त्यसलाई हल गर्न अहिले निर्णय स्थगन भएको नयाँ शक्तिका एक नेताले बताए ।

नयाँ शक्तिमा संगठन विभागले तयार पारेको संगठनात्मक प्रस्तावलाई संयोजक डा।बाबुराम भट्टराईले हेरेपछि मात्र निर्णय हुँदै आएको छ ।

पार्टीभित्र बढेको विवादका विषयमा छलफल गर्न नयाँ शक्तिको केन्द्रीय कार्यकारिणी समितिको वैठक आज बस्दैछ । वैठक दिँउसो ३ बजे पार्टी मुख्यालय बबरमहलमा बस्नेछ । आकस्मिक वैठक भनिएकाले एजेन्डा तय नभएको कार्यकारिणी समितिका एक सदस्यले बताए । नयाँ शक्तिको ९९ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ ।

 

तपाईंको बिचार