Friday, April 28, 2017  |    

प्रधानमन्त्रीको भारत भ्रमण बारे एमालेले बुझायो ज्ञापन पत्र

प्रकाशित मिति: 2016/09/11

भदौ २६, काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र दिएको छ । अध्यक्ष केपी ओलीको नेतृत्वमा सिंहदरवार पुगेका एमाले नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो । एमालेको हिजो बसेको स्थायी समिति वैठकले प्रधानमन्त्रीले गर्ने भारत भ्रमणका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको थियो ।

स्थायी समितिको बैठकले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला नेपालको राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखी नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री दाहालको भ्रमणका बेला नेपालको राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखी नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउँदै नेपालका तर्फबाट उठाउनुपर्ने विषयवस्तुका बारेमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेटी छलफल गरी ध्यानाकर्षण गर्ने निर्णय गरेको थियो ।

 

तपाईंको बिचार