Friday, April 28, 2017  |    

भारत भ्रमणबारे प्रधानमन्त्रीले संसदमा संम्बोधन गर्दै

प्रकाशित मिति: 2016/09/14

भाद्र २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमणको सम्बन्धमा संसदलाई जानकारी दिने भएका हुन् । आज ११ बजे संसदमा सम्बोधन गर्ने कार्यसूची रहेपनि प्रधानमन्त्री नआइपुगेकाले बैठक बसेको छैन ।
प्रधानमन्त्री दाहालले यही भदौ ३० गतेदेखि चार दिने भारत भ्रमण गर्ने तय भएको छ । सरकार उनको भ्रमणको तयारीमा जुटेका छ । परराष्ट्रमन्त्री प्रकाशशरण महत प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि भारत भ्रमण गरेर मंगलबार फर्केका थिए ।
प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणका क्रममा नयाँ सन्धि सम्झौताहरु गर्ने भन्दा पनि पुरानो भएका सन्धि सम्झौताहरुको कार्यान्वयनमा आफ्नो भ्रमण केन्द्रित रहने उल्लेख गरिसकेका छन् ।

तपाईंको बिचार