Thursday, March 30, 2017  |    

एमाले पाटी गुटबन्दीका कारण संकटमा पर्दै

प्रकाशित मिति: 2016/09/23

असोज ७, काठमाडौं । नेकपा एमालेभित्र सुरु भएको झगडा भुसको आगो झैं फैलन शुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र एकलौटी ढंगले कामकाज अगाडि बढाएपछि माधव र झलनाथ खनाल ओलीसँग आगो भएका हुन् ।

त्यसो त ओलीसँग नेता बामदेव गौतम पनि भित्रैदेखि रिसाएका छन् । संसदीय दलको चुनाव ताका गौतमलाई आफू अध्यक्षमा निर्वाचित भएपछि संसदीय दलको नेता दिने उधारो सम्झौता गरेका थिए । तर, ओलीले गौतमलाई न त संसदीय दलको नेता नै बनाए, न त उनले भनेअनुसार नै पार्टी चलाए ।

दुई साताअघि आफ्नो घरमा आएका पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै झलनाथले पार्टी फुटाउने गम्भिर षड्यन्त्र भइरहेको बताएर ओलीमाथि चौतर्फी प्रहार गरेका थिए । ओलीले पार्टी संगठनभित्र ईश्वर पोखरेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल र पूर्वसभामुखका रुपमा चिनिएका ओलीका विश्वासपात्र सुवास नेम्वाङलाई चेपेर माधव र झलनाथका नेता कार्यकर्तालाई पार्टीभित्र दमन गर्न थालेपछि खनालले यस्तै रहेमा पार्टी विभाजनको संघारमा पुग्ने चेतावनी समेत दिएका थिए ।

तपाईंको बिचार