Thursday, March 30, 2017  |    

लोकमानको महाअभियोग संसदमा पेश नै भएन, संसद बैठक नबसी स्थगीत

प्रकाशित मिति: 2016/10/20

कात्तिक , काठमाडौं । व्यवस्थापिका संसदको विहीबारको बैठक स्थगित भएको छ । 

यो बैठकमा अख्तियारका प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।
माओवादी र एमालेका १५७ सांसदहरुले बुधबार कार्की विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । लगत्तै संसद सचिवालयले विहीबारको बैठकमा नै सो प्रस्ताव संसद बैठकमा पेश गर्ने गरी तयारी समेत गरेको थियो ।
तर, विहीबार संसद बैठक बस्नु केहि समय अघि सूचना टाँसेर आइतबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइएको छ । प्रमुख दलहरुबीच छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गर्नुपरेको सभामुख ओनसरी घर्ती निकट स्रोतले जानकारी दिएको छ ।
 

तपाईंको बिचार