Friday, December 15, 2017

भष्टचार विरुद्ध काम गर्ने संस्थालाई नै महाअभियोग आफैमा नकारात्मक : प्रधानमन्त्री

प्रकाशित मिति: 2016/10/28

कार्तिक १२, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्ष तर्फ अघि वढेको वताएका छन् ।
लोकमान विरुद्धको महाअभियोग प्रस्ताव अविलम्ब अघि वढाउन दवाव दिन सिंहदरवार पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुसंग प्रधानमन्त्रीले भने, ‘काङ्ग्रेस, एमाले र मधेसी मोर्चा समेतसंग यसलाई सहमतिका साथ टुङ्गो लगाउने गरी छलफल भएको छ।

भष्टचार विरुद्ध काम गर्ने संस्थालाई नै महाअभियोग लगाउनुपर्ने परिघटना आफैमा नकारात्मक भएतापनि यसवाट सकारात्मक परिणाम निस्कने प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले सडक आन्दोलन मार्फत दलहरू एकठाउंमा ल्याउन र जनमत निर्माण गर्नमा सकारात्मक भुमिका खेलेकोमा विद्यार्थी संगठनहरूई विशेष धन्यवाद समेत दिएको प्रतिनिधि मण्डलमा रहेका अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले वताए।
प्रधानमन्त्रीसंगको नेविसंघ अध्यक्ष नैनसिह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, भेटमा अखिल९क्रान्तिकारी०का अध्यक्ष नरेन्द्र न्यौपाने लगायतको सहभागीता थियो ।
लोकमान विरुद्धको महाअभियोग तत्काल पारित गर्न अनेरास्ववियु,नेविसंघ,अखिल९क्रान्तिकारी०सहितका ११ विद्यार्थी संगठन आन्दोलनरत छन् ।
यसअघि उनीहरुले सभामुख ओनसरी घर्ती,काङ्ग्रेस सभापति शेरवहादुर देउवा,एमाले अध्यक्ष केपि ओलीलाई भेटेर ध्यानाकर्षण पत्र सहित दवाव दिइसकेका छन्।

 

तपाईंको बिचार