Friday, July 28, 2017  |    

प्रधानमन्त्री प्रचण्डले दिए मन्त्रीहरुलाई पाँच बुँदे कडा निर्देशन

प्रकाशित मिति: 2016/11/04

कार्तिक १९, काठमाडौं । आफ्ना पार्टीका मन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीहरुलाई जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीलाई कार्यशैली सच्चाउन र चेन अफ कमान्डमा बसेर काम गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज विहान ९ बजे माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए । त्यहीँ वैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले मन्त्रीहरुलाई दिएको निर्देशन

–सरकार गठनका १०० दिन हुन लागे । तर, तपाईंहरुको काम जनताले महसुस गर्ने गरी भएको छैन । तुरुन्त जनताले महसुस गर्ने गरी काम थाल्नुहोस् ।

–उर्जा मन्त्रीले पहल गरेको देखिन्छ । अरु मन्त्रालय सुस्त भए । यसरी काम चल्दैन । नतिजा देखिने गरी काम गर्नुस् । केही समस्या भए मलाई भन्नुहोला ।

–व्यक्तिगत ढंगले चल्दै नचल्नुहोला । संस्थागत निर्णयमा ध्यान दिनुस् । चेन अफ कमान्डमा चल्नुहोला ।

–मन्त्रीका विषयमा पार्टीकै साथीहरुबाट पनि गुनासा आएका छन् । त्यस्ता गुनासा नदोहोरिउन । जिम्मेवारीका साथ काममा लाग्नुहोला ।

–केपी ओली प्रधानमन्त्री हुँदा भारतीय राष्ट्रपतिलाई निम्ता गरिएको हो । अहिलेका राष्ट्रपतिको चाहनामा भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णय भएको हो । एउटा पंक्ति यही कुरामा सरकारको विरोध गरेका छ । अनाबश्यक भ्रम फैलाएको छ । तपाईंहरु यस्ता भ्रम चिर्नेतिर ध्यानै दिनुभएको छैन । सरकार विरुद्ध हुने भ्रम चिर्न तपाईंहरुले अलि जोड गर्नुहोल ।

प्रधानमन्त्रीको निर्देशन पाएपछि मन्त्रीहरुले हुन्छ, अव काम गर्छौँ भनेर फर्केका थिए ।

 

तपाईंको बिचार