Thursday, April 27, 2017  |    

भारतीय राष्ट्रपतिको भ्रमण सफल : मन्त्रीपरिषद्

प्रकाशित मिति: 2016/11/04

कार्तिक १९, काठमाडौं । शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीच थप विश्वास र सौहाद्रताको वातवरण श्रृजना गराएको निष्कर्ष निकालेको हो । भ्रमणले दुई देशबीचको विश्वासको आधारलाई थप विकसित बनाउनुको साथै थप सौहाद्रपुर्ण बनाएको निष्कर्ष सरकारले निकालेको हो ।

भारतीय राष्ट्रपति मुखर्जीको तीन दिने भ्रमण नसकिदै शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको परराष्ट्रमन्त्री प्रकाश शरण महतले जानकारी दिनुभयो । सूचना तथा संञ्चारमन्त्री सुरेन्द्र कार्कीले भ्रमण नसकिदै पुर्ण समिक्षा गर्न नसकिने भएपनि विश्व सामु भ्रमणले सकारात्मक सन्देश दिएको बताए ।

परराष्ट्रमन्त्री महतले राष्ट्रपति विद्या भण्डारीलाई भारत भ्रमणको औपचारिक निम्ता भईसकेका कारण छिट्टै भ्रमण गर्नुहुने जानकारी दिए । आफुहरुकै तर्फबाट यसअघिको भारत भ्रमण रद्द भएको उल्लेख गर्दै मन्त्री महतले फेरी पनि आमन्त्रण भएकाले राष्ट्रपतिको भारत भ्रमणको मिति छिटै टुंगो लाग्ने जानकारी दिए ।

 

तपाईंको बिचार