Wednesday, March 29, 2017  |    

हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डासहित पार्टी एकीकरण : पशुपति शमशेर

प्रकाशित मिति: 2016/11/16

मंसिर १, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डासहित पार्टी एकीकरण हुन लागेको बताएका छन् ।

बुधबार भक्तपुरमा भएको अन्तरक्रियामा अध्यक्ष राणाले हिन्दु राष्ट्र बनाउने एजेण्डा सहित राप्रपा नेपालसँगको पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।
अध्यक्ष राणाले दुवै पार्टीले हिन्दु राष्ट्रको मागलाई मुल मुद्धा बनाएर पार्टी एकीकरणको तयारी गरेको जानकारी दिए ।

अध्यक्ष राणाले आफू पार्टी अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई संसदीय दलको नेता बनाउने सहमति भएको जानकारी दिए ।
अध्यक्ष राणाले पूरानै संरचनाको आधारमा स्थानिय निकायको निर्वाचन गर्नुपर्ने बताए । उनले प्रदेशको बाँडफाँडमा मधेसवादी दलहरु एकमत हुन नसकेको अवस्थामा स्थानिय तहको निर्वाचन पछि मात्र पुनसंरचना गर्नु उपयुक्त हुने धारणा राखे ।

तपाईंको बिचार