Saturday, August 19, 2017  |    

संशोधन प्रस्तावमा हिन्दु राष्ट्र

प्रकाशित मिति: 2016/11/24

मंसिर ९ काठमाडौं । राप्रपाका केन्द्रीय सदस्यहरूले संविधान संशोधन विधेयकमा हिन्दु राष्ट्रको विषय पनि समेटिनुपर्ने माग गरेका छन्। राप्रपा नेपाल र राप्रपा एकतापछि बसेको पहिलो केन्द्रीय समिति बैठकमा सदस्यहरूले यस्तो धारणा राखेका हुन्।

प्रदेश सीमाकांन, नागरिकता, भाषा जस्ता विषयमा केन्द्रीय सदस्यहरूले चासो देखाउनु भएको छ। सत्तारुढ दल भए पनि संविधान संशोधनबारे खासै छलफल भएको छैन । संशोधन प्रस्तावमा नेपाललाई हिन्दु राष्ट्र बनाउने विषय पनि राखिनुपर्छ भन्ने माग केन्द्रीय सदस्यहरूले उठाए ।

राप्रपा नेपाल र राप्रपाबीच सोमबार एकीकरण भएको थियो। एकीकरण पछि दलको नाम राप्रपा राखिएको छ। एकतापछि संसद्मा राप्रपाको सदस्य संख्या ३७ पुगेको छ। राप्रपाले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने एजेन्डा अघि सारेको छ।

 

तपाईंको बिचार