Sunday, April 30, 2017  |    

आज १ बजे संविधान संशोधनको प्रस्ताव सहित मन्त्रिपरिषद् बैठक बस्ने

प्रकाशित मिति: 2016/11/27

मंसिर १२, काठमाडौं । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउने अन्तिम गृहकार्य गरिरहेका बेला आज मन्त्रीपरिषद् बैठक बस्दैछ । दिउँसो साढे १ बजे बस्ने मन्त्रिपरिषद् वैठक संविधान संशोधनको बारेमा महत्वपूर्ण हुनेछ ।

आज विभिन्न विषयमा छलफल भई सत्ता पक्षबाट संविधान संशोधनको प्रस्ताव दर्ता गरिने भएको छ ।

विपक्षी एमालेको भने प्रस्तावमाथि विरोध छ । एमालले प्रस्ताव दर्ता गरिए विपक्षीको भूमिका निभाउने बताएको छ । उसले सडक देखि सदनसम्म तताउने संकेत चाहिँ दिएको छ ।

 

तपाईंको बिचार