Wednesday, August 23, 2017

कांग्रेसद्वारा १० राज्यमन्त्रीको टुङ्गो

प्रकाशित मिति: 2016/11/29

मंसिर १४, काठमाडौं । कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो ।

संस्थापनबाट दीर्घराज भाट, मिठु मल्ल, सुवर्ण ज्वारचन, सीताराम मेहता र दिलीप गच्छदारको टुंगो लागेको छ । पौडेल पक्षबाट दीपक खड्का, सुरेन्द्र आचार्य, कञ्चनचन्द्र बादेको टुंगो लागेको हो ।

नेता पौडेलले जापान जानुअघि नै यी तीनसहित जीवन परियारको नाम अन्तिममा हाल्दै सभापति देउवालाई पठाएका थिए । खुमबहादुर पक्षबाट इन्द्र बानियाँ र सिटौला पक्षबाट तारामान गुरुङ रहेका छन् ।

उनीहरूलाई दिइने मन्त्रालयको टुंगो लगाउन र प्रधानमन्त्रीलाई नाम बुझाउने जिम्मा सभापति शेरबहादुर देउवाले आइतबार नै उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलाई दिएका थिए ।

तपाईंको बिचार