Friday, July 28, 2017  |    

संविधान संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेश छुट्याएको भन्दै विरोध

प्रकाशित मिति: 2016/11/30

मंसिर १५, बुटवल । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेश छुट्याइएको भन्दै बुटवलमा विरोध प्रदर्शन भएको छ। बुटवलमा बिहानैदेखि यातायात बन्द भएको छ भने विद्यार्थी संगठनहरू पाँच नम्बर प्रदेशलाई अखण्ड राख्नु पर्ने भन्दै सडकमा ओर्लिएका छन्। बजार, पसल, उद्योग, कारखाना र बिहानी सत्रका  शिक्षण संस्था पनि बन्द छन्।

त्यस्तै आफूहरुलाई पाँच नम्बर प्रदेशबाट छुट्याइको विरोधमा अर्घाखाँची र गुल्मीमा पनि विरोध प्रदर्शन भइरहेको छ। ती जिल्लामा पनि बुधबार बिहानैदेखि यातायात ठप्प छ भने विद्यार्थी संगठनहरुले सडकमा प्रदर्शन गरिरहेका छन्।


सरकारले मंगलबार साँझ यसअघि पाँच नम्बरमा रहेका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको छ।

तपाईंको बिचार