Wednesday, November 22, 2017

आज २ बजे प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति: 2016/12/01

मंसिर १६, काठमाडौं । संविधान संशोधनपछि उत्पन्न नयाँ राजनीति परिस्थितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार २ बजे पत्रकार सम्मेलन हुँदैछ । सरकारले संसदमा संविधान संशोधन विद्येयक दर्ता गरेपछि विपक्षी एमालेले संसद अवरुद्ध पार्ने निर्णय गरेको छ । उता, मधेशी मोर्चाले पनि सरकारको प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने बताएको छ ।

यस्तो अबस्थामा प्रधानमन्त्री प्रचण्डको पत्रकार सम्मेलनलाई चासोका साथ हेरिएको छ । संशोधन प्रस्ताव दर्तापछि सरकारले यो प्रक्रिया चाडो टुंगाएर स्थानीय तहको चुनाव घोषणा गर्ने तयारी गरेको छ ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले संशोधन प्रस्ताव दर्ताको कारण, यसमा सहमतिका लागि भएको प्रयास र चुनाव घोषणा लगायतका विषयमा विफ्रिङ गर्ने बताइएको छ ।

तपाईंको बिचार