Wednesday, March 29, 2017  |    

संविधान संशोधन विधेयकको बारे सरकार र मधेसी मोर्चाको वार्ता बिफल

प्रकाशित मिति: 2016/12/01

मंसिर १६, काठमाडौं । व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकका पक्षमा मधेसी मोर्चालाई मनाउन सरकारले गरेको प्रयास विफल भएको छ । संविधान संशोधन विधेयकलाई समर्थन गर्दै निर्वाचनमा जान सरकारले गरेको आग्रह मधेसी मोर्चाले अस्विकार गरेपछि मोर्चालाई मनाउने सरकारको प्रयास विफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेताहरुलाई संसदमा दर्ता भएको संशोधन विधेयकलाई सकारात्मक रुपमा लिन आग्रह गर्नु भएको थियो । उहाँले मोर्चाका माग सम्बोधन गर्न प्रस्ताव ल्याएको भन्दै संशोधनको प्रस्तावलाई समर्थन गर्दै निर्वाचनमा जान आग्रह गरेको माओवादी नेता बताए ।

जवाफमा मधेसी मोर्चाका नेताहरुले भने संविधान संशोधनले आफूहरुको निकै कम माग मात्र सम्बोधन भएको बताए । यसलाई थप परिर्माजन गर्नु पर्ने बैठकमा आफुहरुले अघि सारेको संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनु भयो ।
बैठकमा प्रधानमन्त्री दाहालले स्थानीय तह तथा निकायको चुनाव गर्ने सरकारको तयारीबारे जानकारी दिदै मधेसी मोर्चाको धारणा माग गर्नुभएको थियो ।

तपाईंको बिचार