Monday, December 11, 2017

संसोधन पारित नभएपनि प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न :चक्रपाणि खनाल

प्रकाशित मिति: 2016/12/07

मंसिर २२, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव पास नभएपनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने उनका एक सल्लाहकारले बताएका छन् ।
प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले समस्या समाधानको लागि संशोधन प्रस्ताव ल्याएको भन्दै सहमतिमै पारित गर्ने तयारी भइरहेको बताए ।
बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा खनालले भने, सहमतिका प्रयासहरु भइरहेको छ, तर प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न ।’

संशोधन प्रस्तावले ५ नम्बर प्रदेश टुक्रिँदैछ भन्ने हल्ला चलिरहेको भन्दै उनले आक्रोस पोखे । तर, किन ५ नम्बर प्रदेश चलाउने भनेर जनस्तरबाट व्यक्त असन्तुष्टिलाई सम्मान गर्ने उनले बताए ।
माओवादी नेता समेत रहेका खनालले पछिल्लो समय दुई वटा अतिवादी सोच हावी भइरहेको गुनासो पोखे । मधेसलाई जबरजस्ती धकेल्न खोज्ने प्रवृत्ति र सामन्ती राष्ट्रवादको प्रवृत्ति हावी भएको भन्दै उनले परिस्थितिको ठीक ढंगले विश्लेषण गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिए ।
सत्तारुढ दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संशोधन प्रस्ताव लैनचोर भारतीय दूताबासको निर्देशनमा आएको भन्दै फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताए ।

 

तपाईंको बिचार