Friday, November 24, 2017

सभामुखको हाह्वानमा शीर्ष तीन दलको बैठक बस्दै

प्रकाशित मिति: 2016/12/19


पुस ४, काठमाडौं । सभामुख ओनसरी घर्तीको आह्वानमा आज सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । संसदको गतिरोध अन्त्यका लागि समामुख घर्तीले प्रमुख तीन दलको बैठक आह्वान गर्नुभएके हो ।

कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको संयुक्त बैठक बिहान ११ बजे सभामुखको कार्यकक्ष सिंहदवारमा बोलाइएको हो । सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण संशोधन प्रस्ताव संसदको कार्यसूचीमा पर्न सकेको छैन । सभामुख घर्तीले यसअघि पनि सहमतिको पहल गर्दै आउनु भएपनि दलहरुको आ–आफ्नै अडानका कारण उहाँको प्रयास सफल हुन सकेको छैन । आजको संसद बैठकमा संशोधन प्रस्तावलाई कार्यसूचीमा राख्ने सरकारको तयारी छ ।
यसअघि मंसिर ३० गतेको बैठकमै संशोधन प्रस्ताव कार्यसूचीमा राख्ने तयारी थियो । तर, सहमतिको प्रयास गर्न भन्दै पाँच दिनसम्म बैठक स्थगित गरिएके हो । यद्यपि, यसबीचमा दलहरुबीच छलफल भने हुन सकेको छैन ।

तपाईंको बिचार