Friday, July 28, 2017  |    

संविधान संशोधन थाती राखेर भएपनि चुनाब घोषणा गर्नुपर्छ :कांग्रेस

प्रकाशित मिति: 2016/12/25

पुष १०, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले संविधान संशोधन बिधेयक थाती राखेर भए पनि तत्काल स्थानीय निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतवार विहान बसेको पदाधिकारी बैठकमा यस्तो सुझाव आएको हो ।
बैठकले स्थानीय तह वा निकाय जुनसुकै भए पनि चैत्रमा चुनाव हुनुपर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधान संशोधन बिधेयक थाँति राखेर भए पनि चुनाव घोषणा गर्न अधिकांश पदाधिकारीले सुझाव दिएको बताए । उनले एमालेलाई सहमतिमा नलिई संविधान संशोधन र चुनाव दुबै असम्भव भएकाले संशोधन बिधेयक थाति राख्नु उपयुक्त हुने बताए ।
कांग्रेसका नेताहरुले स्थानीय चुनाव पुरानै संरचना अनुसार गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ । बैठकमा सभापति देउवाले संविधान संशोधन नगरी मधेसी मोर्चा चुनावमा आउने सम्भावना नरहेकाले एमालेले हठ नछाड्दा समस्या उत्पन्न भएको बताएका थिए ।

 

तपाईंको बिचार