Tuesday, May 30, 2017  |    

प्रधानमन्त्री ​सहमती जुटाउन व्यस्त

प्रकाशित मिति: 2017/01/01

पुस १७, काठमाडौं । सरकारले सोमबार जसरी पनि संविधान संशोधन विधेयक अगाडि बढाउने तयारी गरेकोछ। माओवादी केन्दकी प्रवक्ता पम्फा भुषालका अनुसार सहमतीका लागि आइतबार दिनभर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने, सहमती नभए प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्रीको तयारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मिलेर अगाडि बढ्ने अन्तिम प्रयत्नमा रहेको बताइन्। सञ्चारकर्मीसँग भेटका लागी समय दिए पनि प्रचण्ड उपस्थित नभएपछि उनले प्रचण्ड सहमती जुटाउने प्रयासमा रहेकाले भेट्न सम्भव नभएको जानकारीदिएकी थिइन्।

उनले सहमती जुटाउन सकेसम्म सफल हुनुहुनेछ भन्ने रेहको बताइन्। माओवादी केन्द्र प्रतिपक्षलाई चिढ्याउने पक्षमा नभएको र मिलेर संविधान जारी गरेकाले कार्यान्वयन पनि मिलेर गर्नुपर्छ भन्ने धारणा रहेको उनले बताइन्।

तपाईंको बिचार