Thursday, March 30, 2017  |    

संविधान संशोधन फिर्ता लिएर तीनै तहको चुनाव घोषणा : ओली

प्रकाशित मिति: 2017/01/02

पुस १७, काठमाडौं । सरकार र मधेसवादी दलले संविधान संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गर्ने बताइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रस्ताव फिर्ता लिएर तीनै तहको निर्वाचन मिति घोषणा गर्न माग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अपिल प्रकाशित गरी संशोधन विधेयकले निर्वाचन अन्योलमा पारेको उल्लेख गरेका छन्।

अपिलमा शुक्रबार हुने राजधानी केन्द्रित प्रदर्शन संशोधन प्रस्ताव फिर्ता गराउन जनदबाब दिन भएको उल्लेख छ। अहिलेको मुख्य काम संविधान कार्यान्वयन हो, संविधान संशोधन गलत छ र जाति–जातिबीच, भूगोल–भूगोलबीच द्वन्द्व चर्काउने कुनै पनि काम मञ्जुर छैन भन्ने जनभावना प्रकट गर्न चाहन्छौुं, अपिलमा भनिएको छ । यस प्रदर्शनले अँध्यारो कोठाबाट राष्ट्रियता, राष्ट्रिय हित र सामाजिक सद्भावविरुद्ध भइरहेका षड्यन्त्र विफल पार्न निर्णायक भूमिका खेल्ने विश्वास हामीले लिएका छौं।

एमालेसहित संविधान संशोधनको विरोध गर्दै आएका राजनीतिक दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्ने योजना बनाएका छन्। त्यसका लागि एमालेले आन्तरिक तयारी तीव्र पारेको छ।

तपाईंको बिचार