Thursday, November 23, 2017

सहमतिका लागि प्रमुख तीन दलको बैठक सिंहदरबारमा जारी

प्रकाशित मिति: 2017/01/02

पुस १८, काठमाडौं । संसदको जारी अवरोध अन्त्य गर्ने विषयमा प्रमुख तीन दल कांग्रेस एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक बसिरहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव, स्थानीय निर्वाचनको मिति घोषणा तथा समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको उल्लेख गरिएको छ ।

सरकारले संसदमा दर्ता गराएको  संशोधन प्रस्तावलाई टेबल गर्ने तयारी गरेपछि तीन  दलको बैठक बसेको हो। बैठकमा प्याकेजमै सहमति खोज्ने विषयमा छलफल भइरहेको छ। प्रमुख प्रतिपक्ष एमालेसहितका नौ विपक्ष दलले संसदमा दर्ता संशोधन प्रस्ताव फिर्ता नभएसम्म सदनको अबरोध जारी राख्ने निर्णय गरेका छन्। दलहरु आ–आफ्नै अडानमा रहँदा राजनीतिक गतिरोध लम्बिएको छ।  

तपाईंको बिचार