Saturday, May 27, 2017  |    

पैसा नदिएपछि सीईओ हटाईयो : ओली

प्रकाशित मिति: 2017/01/05

पुस २१, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीलाई हटाउनु आपत्तिजनक विषय भएको बताएका छन् ।

ओलीले सिइओ ज्ञवालीलाई नियम र कानूनअनुसार हटाउन नमिल्ने बताए । एमालेले भोली राजधानीमा गर्न लागेको प्रदर्शनबारे जानकारी दिन पार्टी कार्यलयमा गरिएको पत्रकार सम्मेलनमा एमाले नेता ओलीले सत्तापक्षका नेताहरुले विभिन्न तालिमका नाममा प्राधिकरणमा पैसा मागेको र ज्ञवालीले नदिएपछि उनलाई हटाइएको दाबी गरे ।

अर्थ मन्त्रालयले प्राधिकरणलाई बजेट दिएन, काममा पनि असहयोग गर्यो, अन्ततः कामै नगरेको भन्दै हटाइयो यो नियम र कानुन विपरित छ उनले भने । सिइओ हटाएर सरकारले भूकम्प पीडितसँग खेलवाड गरेको आरोप समेत ओलीले लगाएका छन् ।

तपाईंको बिचार