Friday, April 28, 2017  |    

सरकारले संशोधन विधेयक टेबल गरेपछि अब के होला

प्रकाशित मिति: 2017/01/09

पुस २५, काठमाडौं । संशोधनका लागि लामो समय आन्दोलन गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको दवावमा आएको संशोधन विधेयक आइतबार संसदमा टेबल भयो । 

प्रतिपक्षी दल एमालेको विरोधका बावजुद पनि सरकारले संशोधन विधेयक टेबल गरको हो । यसमा मधेशी मोर्चाको केहि हदसम्म जित भएको छ र सरकारको पनि । तर मधेशी मोर्चाले अब यसलाई यत्तिकै पास गराउनमा सहयोग गर्नेछ कि परिमार्जनका लागि दवाव दिनेछ त्यो आउने दिनमा देखिने नै छ ।

संशोधन प्रस्ताव ल्याउन र टेबल गराउनेसम्ममा मधेशी मोर्चाले राजनीतिमा गरेको ‘अप डाउन’ रोचक रहेको छ । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा टेबल गरेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले त्यसलाई सकारात्मक रुपमा लिँदै प्रशंसा गरेपनि परिमार्जनमा जोड दिएका छन् ।

 

तपाईंको बिचार