Saturday, August 19, 2017  |    

आज युएईबाट प्रधानमन्त्री स्वदेश फर्किदै

प्रकाशित मिति: 2017/01/17

माघ ४, काठमाडौं  । वल्र्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन संयुक्त अरब इमिरेट युएई जानुभएका प्रधानमन्त्री पुष्प कमल दाहाल आज स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ जानुभएको थियो । प्रधानमन्त्री दाहालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीमा ‘वर्ल्ड फ्यूचर इनर्जी समिट– २०१७’ मा विशेष सम्बोधन गर्नुभएको थियो ।

समिटमा सहभागी हुन आएका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग प्रधानमन्त्री दाहालले आपसी हित र चासोका विषयमा छलफल गर्नुभयो । दाहालले सोमबार नै यूएईका युवराज शेख मोहम्मद बिन जायद बिन सुल्तान अल नह्यानसँग औपचारिक भेटवार्ता गर्नुभयो । प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उहाँको स्वकीय सचिवालयका सदस्य सहभागी छन् ।

तपाईंको बिचार