Thursday, March 30, 2017  |    

संविधान संशोधन पारित भएलगत्तै निर्वाचनमा होमिने : देउवा

प्रकाशित मिति: 2017/01/20

माघ ७, चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट संविधान संशोधन विधेयक पारित भएपछि मात्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुने प्रतिक्रिया दिएका छन्।  

स्थानीय निर्वाचन कम महत्त्वको विषय होइन, भन्दै सबै पक्षको भावना सम्बोधन गर्न पहिले संविधान संशोधन गर्नुपर्छ। चितवनको भरतपुरमा आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संशोधन पारित भएलगत्तै निर्वाचनमा होमिने बताए।  देउवाले नागरिकको मतको कदर गर्न प्रमुख प्रतिपक्षी दल एमाले चुक्न नहुने बताए। मुलुकलाई निकास दिन दलहररू मिलेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए। उनले स्थानीय निर्वाचनपछि मात्र सरकार परिवर्तन हुने संकेत गरे।

तपाईंको बिचार