Thursday, April 27, 2017  |    

सुरक्षा निकायलाई तयारी रहन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति: 2017/01/26

माघ १३, कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट भविष्यमै हुने चुनावका लागि तयारी अवसथामा बस्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

कास्कीको पोखरामा बिहिबार सिसं.११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनको चरणमा रहेको भन्दै निकट भविष्यमा घोषणा हुने विभिन्न स्थानीय तह, प्रदेश र संघीय निर्वाचनहरुको लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

उनले मुलुक संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा विधिको शासनको मूल मर्मलाई आत्मसात गर्दै कानून कार्यान्वयन गराउन पनि सुरक्षा निकायलाई सजग गराएका छन् । थप चनाखो एवं होसियार रहेर आफ्ना काम कारवाही संचालन गर्नु अहिलेको आवश्यकता हो, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले मुलुकमा शान्ति सुरक्षा कायम र विपद व्यवस्थापन गर्ने कार्यमा सशस्त्र प्रहरी बलले खेलेको भूमिका एवं देखाएको तत्परता प्रशंसनीय रहेको समेत बताएका थिए ।

तपाईंको बिचार