Thursday, September 21, 2017

प्रधानमन्त्रीको स्थानीय तह निर्वाचन प्रस्ताव मोर्चाद्वारा अस्वीकार

प्रकाशित मिति: 2017/01/30

माघ १७, काठमाडौं । स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारले गरेको आग्रह मधेसी मोर्चाले अस्वीकार गरेको छ । मोर्चाले संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्ने अडान कायमै राखेको छ ।

निर्वाचनको मिति घोषणाबारे सहमति जुटाउन भन्दै बसेको प्रमुख सत्तारुढ दलहरु र मधेसी मोर्चाबीचको बैठक निष्कर्षविहीन भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेर अगाडि बढ्न मोर्चा नेताहरुसँग प्रस्ताव गर्नुभएको थियो । संविधान संशोधन प्रक्रिया सुरु भइसकेकाले यसमा शंका नगर्न उहाँले आग्रह गरेका थिए ।

तपाईंको बिचार