Saturday, August 19, 2017  |    

निर्वाचनको मिति तोक्न सत्तारुढ दलको बैठक बालुटारमा

प्रकाशित मिति: 2017/02/02

माघ २०, काठमाडौं । स्थानीय चुनावको मिति तय गर्न सत्तारुढ दलको बैठक प्रधानमन्त्री कार्यलय बालुवाटारमा जारी छ।

 आज बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति तोक्ने विषयमा छलफल भइरहेको बैठकमा सहभागी नेताले जानकारी दिए। त्यस्तै मिति तय गरिसकेकेपछि निर्वाचन आयोगलाई पत्र दिने समेत तयारी भइरहेको छ।
 
सरकारले समयमा नै स्थानीय चुनावको मिति नतोकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आक्रोश व्यक्त गर्दै आएको छ। सरकारले बैसाख अन्तिम सातादेखि जेष्ठको दोस्रो साताभित्र स्थानीय चुनावको मिति तोक्ने तयारी गरेको हो।

तपाईंको बिचार