Thursday, November 23, 2017

संसद बैठक स्थगित

प्रकाशित मिति: 2017/02/06

माघ २४, काठमाडौं । संविधान संशोधन पहिला कि निर्वाचन मिति घोषण भन्नेमा दलहरुबीच सहमति हुन नसक्दा संसदीय कामकारवाही प्रभावित भएको छ । संविधान संशोधनपछिमात्र निर्वाचन मिति घोषणा गर्ने कांग्रेसले मधेशी मोर्चालाई आश्वासन दिएसंगै संसद बैठक आगामी फागुन १० गतेसम्मका लागि स्थगित भएको छ ।

संसद बैठक स्थगित भएसँगै निर्वाचन मिति घोषणा गर्ने सरकारको तयारी, संविधान संशोधन र राजनीतिक दलसम्बन्धी विधेयक अलपत्र परेका छन् । स्थानीय तह निर्वाचन गर्ने प्रमुख कार्यादेश सहित गत असोज १९ गते गठन भएको पुष्पकलम दाहाल नेतृत्वको बर्तमान सरकारले ६ महिना बितिसक्दा समेत चार वटा विधेयक पारित गर्न बाहेक संविधान कार्यान्वयनको ठोस कार्ययोजना अघि सार्न सकेको छैन । संविधान संशोधन विधेयकलाई लिएर एमाले सहितका प्रतिपक्षी दलले लामो समय गरेको संसद अवरोध र लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्तावका कारण संविधान कार्यान्वयनको ठोस कार्ययोजना ल्याउन नसकेको सरकारको स्पष्टोक्ति छ । 

तपाईंको बिचार