Saturday, July 29, 2017  |    

नयाँ शक्ति र थरुहट तराई पार्टी लोकतान्त्रिकबीच एकता भेला

प्रकाशित मिति: 2017/02/12

फागुन १, काठमाडौं । नयाँ शक्तिका केन्द्रीय कार्यकारीणी सदस्य तथा प्रचार विभाग सह–संयोजक अरुणा रायमाझीले नयाँ शक्ति र थरुहट तराई पार्टी लोकतान्त्रिकबीच सोमवार एकता भेला हुन थालेको बताइन् । 

उनका अनुसार भोली दिउँसो दुई बजे पार्टी मुख्यालय बबरमहलमा एकता भेला हुनेछ ।

थरुहट तराई पार्टी लोकतान्त्रिबाट गंगा चौधरी सांसद छिन् । उनी नयाँ शक्तिमा आएपछि पार्टी स्वत संसद सचिवालयमा दर्ता हुनेछ ।

गत जेठ अन्तिममा बाबुरामको नेतृत्वमा नयाँ शक्ति गठन भएको थियो । माओवादी परित्याग गर्ने निर्णयसँगै बाबुरामले आफ्नो सांसद पदबाट पनि राजीनामा गरेका थिए ।

तपाईंको बिचार