Monday, August 21, 2017  |    

प्रधानमन्त्री र निर्वाचन प्रमुखबीच भेट, फागुन ८ सम्म सरकारले चुनावको मिति घोषणा गर्ने तयारी

प्रकाशित मिति: 2017/02/15

फागनु ४, काठमाडौं ।  मिति घोषणाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले आज प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्रीको निजि सचिवालय स्रोतका अनुसार फागुन ८ गतेसम्म सरकारले चुनावको मिति घोषणा गर्दैछ । यस अघि सरकारले आयोगलाई पत्र लेखेर चुनावको तयारी थाल्न निर्देश गरेको छ । आइतवार वा सोमवारमा चुनावको मिति घोषणा हुने जनाईएको छ ।

यस अघि माओवादी नेता नारायणकाजी श्रेष्ठको निवासमा भएको प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली संवादमा फागुन ८ भित्र चुनावको मिति घोषणा गर्ने सहमति बनेको नेताहरुले बताएका थिए ।

संविधान संसोधनमा एमाले लचक भएपछि सरकार चुनावको मिति घोषणाका लागि अगाडि बढ्न थालेको हो । एमालेको हिजो बसेको स्थायी समिति वैठकमा संविधान संसोधन लगायतका विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री आज भने काठमाडौं बाहिर कार्यक्रममा सहभागी हुँदैछन् ।

तपाईंको बिचार