Friday, March 24, 2017  |    

नेपालले भारतीय स्वार्थ पूरा हुन नदिने : ओली

प्रकाशित मिति: 2017/02/16

फागुन ५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पाकिस्तानलाई घेराबन्दी गर्ने’ भारतीय नीतिको विरोध गरेका छन् । उनले सार्क, बिमस्टेकजस्ता संगठनलाई भारतीय स्वार्थ पूरा गर्ने साधन बनाउन खोजिएको भन्दै त्यसको विरोध गरेका छन् ।

एमालेको पोलिटब्यूरो बैठकमा केपी ओलीले पेश गरेको १० पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भारतले पाकिस्तानलाई घेराबन्दी गर्न खोजेको विश्लेषण गरिएको छ । नेपालले भारतीय स्वार्थ पूरा हुन नदिने ओलीको दस्तावेजमा स्पष्ट संकेत गरिएको छ ।


ओलीद्वारा प्रस्तुत प्रतिवेदनको छैठौं पृष्ठमा भनिएको उल्लेख छ भारतको रुची सार्कलाई प्रभावकारी बनाउनुको साटो विमस्टेक तथा बीबीआइएन जस्ता उपक्षेत्रीय संगठनहरुलाई प्रोत्साहन गर्नेमा देखिएको छ । यसभित्र पाकिस्तानलाई सबैतिरबाट अलग गर्ने भारतीय उदेश्य रहेको महसुस गर्न सकिन्छ ।

एमाले अध्यक्ष ओलीले दस्ताबेजमा अगाडि भनेका छन् सार्क, बिमस्टेकजस्ता मञ्चहरुलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्ने दिशामा हरसम्भव प्रयाश गर्नुपर्छ ।

तपाईंको बिचार