Wednesday, April 26, 2017  |    

संविधान संशोधनबारे कांग्रेस र मोर्चा आन्तरिक छलफलमा

प्रकाशित मिति: 2017/02/26

फागुन १५, काठमाडौं । संविधान संशोधनको अन्तर्वस्तु र प्रक्रियामा असन्तुष्टि जनाउँदै आएको मधेशी मोर्चा विचाराधीन विधेयकमा संशोधन दर्ताका लागि आन्तरिक परामर्शमा जुटेको छ। संसद्को निर्देशन अनुसार विचाराधीन विधेयकमा संशोधनका लागि आज अन्तिम दिन हो।

संशोधन दर्ता प्रक्रिया अघि मोर्चाले प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग परामर्श गर्दैछ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बिहान ९ बजेदेखि छलफल भइरहेको छ।

यस्तै मोर्चाले कांग्रेससँगको छलफलपछि आन्तरिक बैठक बोलाएको छ। मोर्चामा आवद्ध संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक दिउँसो १ बजे तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्नेछ।

मधेशी मोर्चाले यथास्थितीमा संशोधन प्रस्ताव अघि नबढाउन माग गर्दै आएको छ। विचाराधीन विधेयकले मधेशको माग सम्वोधन नगर्ने भन्दै परिमार्जन गर्न मोर्चाको माग छ। तर, प्रस्ताव परिमार्जन भए वा पूरक संशोधन ल्याइए मान्य नहुँने प्रतिपक्ष दल नेकपा एमालेले बताउँदै आएको छ। एमालेले विचाराधीन विधेयक पनि पारित हुन नदिने बताउदै आएको छ।

 

तपाईंको बिचार