Thursday, March 30, 2017  |    

ओली र भारतीय राजदूतबीच भेट

प्रकाशित मिति: 2017/02/26

फागुन १५, काठमाडौं । भारतीय राजदूत रञ्जित राय नेकपा एमालेका अध्यक्षलाई केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

आकस्किमकरुपमा बालकोट पुगेका रायले संविधान संशोधन प्रस्तावमा एमालेसँग छलफल गर्ने श्रोतले जनाएको छ । भारतको कटु आलोचकका रुपमा देखिँदै आएका अध्यक्ष ओली पछिल्लो समयमा भने संशोधन प्रस्तावमा लचिलो देखिन्छन ।

यसअघि पनि रे र ओलीबीच बेलाबखत गोप्य भेटघाट हुँदै आएको श्रोतले जनायो । आज बिहान बालकोट पुगेका राय र ओलीबीचको कुराकानीबारे एमालेकै शीर्ष नेताहरुलाई समेत जानकारी नभएको श्रोतले जनायो ।

“वहाँहरुबीच अत्यन्तै गोप्य छलफल भयो । संशोधन प्रस्तावमा एमालेको भूमिकाबारे नै छलफल भएको होला भन्ने अनुमान मात्रै गरेका छौं ।” उनले भने ।

आज संसदमा संविधान संशोधनमा फरक मत दर्ता गर्ने अन्तिम दिन राजदूत राय र ओलीबीचको भेट आकस्मिक संयोग नभएर रणनीतिक महत्वको हुने समेत श्रोतले जनायो ।

तपाईंको बिचार