Wednesday, April 26, 2017  |    

राप्रपा नेपाल एकतापछि चुनाव चिन्हको तिब्र बहस

प्रकाशित मिति: 2017/03/02

फागुन १९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिमा पार्टीको निर्वाचन चिन्हबारे तिब्र बहस सुरु भएको छ ।

राप्रपा र राप्रपा नेपालको एकतापछि भएको महाधिवेशनले कमल थापाको नेतृत्वमा कार्यसमिति चयन गरेको छ । चुनाव चिन्हबारे विवाद देखिएपछि महाधिवेशनपछि केन्द्रीय कार्यसमितिबाट निर्णय गर्ने सहमति भएको थियो । जारी बैठकमा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले हलोलाई चुनाव चिन्ह मान्न अपील गरेका छन् । डा. प्रकाशचन्द्र लोहनीसहितका केही नेताले पनि हलोलाई नै चुनाव चिन्ह बनाउनु पर्ने मत राखेका छन् । धेरैले गाईलाई नै चुनाव चिन्ह बनाउनु पर्ने मत राखेका छन् । 

तपाईंको बिचार