Saturday, August 19, 2017  |    

स्थानीय चुनाव अघि अर्को सरकार सम्भव छैन : प्रधानमन्त्री

प्रकाशित मिति: 2017/03/05

फागुन २२, काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनअघि वर्तमान सत्ता गठबन्धन फेरिने हल्ला निराधार भएको बताएका छन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको सम्भावना समेत तत्काल नरहेको उल्लेख गरका छन्  । 

आजकै मितिमा राष्ट्रिय सहमतिको सरकार सम्भव छैन। स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुअघि अर्को कुनै सरकारको कल्पना गर्न सकिँदैन। गठबन्धन फेरिने बजार हल्ला पनि आएका छन्। तर, ती सत्य होइनन्। स्थानीय निर्वाचनका लागि सरकार सबै लचकता अपनाउन तयार छ। तर, निर्वाचन प्रभावित हुने कुरामा सहमति र लचकता हुँदैन उनले भने । 

प्रधानमन्त्रीले स्थानीय निर्वाचनका लागि आवश्यक न्युनतम कानुन बनाएरै मिति घोषणा गरिएकाले कानुन अभाव नहुँने बताए। विचाराधीन विधेयक संसद्ले चाडै पारित गर्ने उनले दाबी गरे।

उनले भने ‘न्यूनतम आवश्यक तयारी गरेर नै निर्वाचनको मिति घोषणा गरिएको हो। ऐनहरु बनेका छन्। अरु केही ऐन पनि पारित गर्नुपर्नेछ। तर, त्यसले स्थानीय निर्वाचनलाई असर गर्दैन। संसद् खुल्ने बित्तिकै बाँकी ऐन पनि पारित हुन्छन्।’

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा सुझाव समितिको सिफारिस आइसकेकाले उक्त प्रतिवेदन आइतबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्ने प्रधानमन्त्रीको भनाई छ।

तपाईंको बिचार