Sunday, June 25, 2017  |    

एमालेको मेची महाकाली अभियानलाई लक्षित गर्दै मधेसी मोर्चाको नेपालगञ्ज बन्द आह्वान

प्रकाशित मिति: 2017/03/14

चैत १, नेपालगञ्ज । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई लक्षित गर्दै मधेसी मोर्चाले मंगलवार आह्वान गरेको नेपालगञ्ज बन्दका कारण जनजीवन प्रभावित भएको छ । मंगलबार बिहानैदेखि बन्दको आंशिक प्रभाव देखिएको छ ।

मोर्चाले एमालेको अभियान र नेपालगञ्जको जनसभामा सहभागी नहुन बाँकेका स्थानीय समुदायलाई अपिल गरेको छ । एमालेको सभामा मान्छे आउन नदिन दक्षिणी क्षेत्रका सडकमा मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्दैछन् । एमालेले हठ देखाएर जबर्जस्ती नेपालगञ्जमा शक्ति प्रदर्शन गर्न खोजेकाले अवरोध गर्नुपरेको जनाएको छ।

एमालेले आज नेपालगञ्जमा जनसभा गर्दैछ । नेपालगञ्जको सभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली काठमाडौंबाट नेपालगञ्ज फर्किँदैछन् । एमालेको मेची महाकाली अभियानका टोली मंगलबार बिहान कोहलपुरबाट नेपालगञ्ज शहर पस्दैछ । नेपालगञ्जमा सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ ।

तपाईंको बिचार