Saturday, December 16, 2017

उपप्रधानमन्त्रीको नेतृत्वमा धर्ना कार्यक्रम

प्रकाशित मिति: 2017/03/20

चैत ७, काठमाडौं । निर्वाचन आयोगले राप्रपाको विधानमा रहेको ‘संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र’ शब्दावली हटाइदिएको विरोधमा राप्रपाले आज देशभरका जिल्ला निर्वाचन कार्यालयका साथै कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिँदै छ । 

राप्रपा अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाको नेतृत्वमा मध्यान्ह साढे १२ बजे निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको छ ।

धर्नाअघि सो पार्टीले शान्तिबाटीकाबाट र्यालीसमेत निकाल्नेछ । गत शुक्रबार निर्वाचन आयोगले राप्रपाको विधानमा उल्लिखित राजतन्त्र र हिन्दुराष्ट्र शब्दावली हटाइदिएपछि सरकारमै रहेको राप्रपा आन्दोलित बनेको हो । आयोगलाई आफ्नो विधान सच्याउने अधिकार नरहेको जिकिर गर्दै आएको छ । निर्वाचन आयोगले भने राप्रपाको विधानबाट संविधान प्रतिकूल शब्दावली हटाइएको स्पष्ट पारेको छ ।

तपाईंको बिचार