Tuesday, April 25, 2017  |    

संसदीय दलको बैठकमा सांसदहरु प्रधानमन्त्रीप्रति आक्रोशित

प्रकाशित मिति: 2017/03/21

चैत ८, काठमाडौं । मंगलबार सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदले लामो समयसम्म बैठक बस्न नसक्नुको कारण स्पष्ट पार्न प्रधानमन्त्रीसमेत रहेका दलका नेता दाहालसँग माग गरका छन् । 

स्थानीय तहको निर्वाचनको घोषणासँगै मुलुकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरी स्पष्ट राय बनाउनका लागि पनि संसदीय दलको बैठक निरन्तर राख्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै दाहालप्रति आक्रोश पोखे। बैठकमा व्यवस्थापिका संसद बैठक लम्बिएको बारेमा पनि सांसदहरुले प्रश्न गरेका थिए । संसदको चालु अधिवेशन वर्षे वा हिउँदे के हो भन्ने बारे अन्यौल भएको भन्दै उनीहरुले त्यसबारे पनि स्पष्ट पार्न आग्रह गरे।

बैठकमा सात वटै प्रदेशका संयोजकले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, निर्वाचन, सरकार र पार्टीलगायत विषयवस्तुमा दलमा पर्याप्त छलफल आवश्यक भएको भन्दै दलका नेताको ध्यानाकर्षण गराएका थिए । बैठकमा दाहालले स्थानीय तहको निर्वाचन हुनेमा शंका नगरी सफल पार्न एक जुट हुन पनि सबैलाई आग्रह गरे। बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणबारे सामान्य जानकारी गराएका थिए। बैठक पर्सि बिहिबार बस्ने गरी स्थगित भएको छ ।

तपाईंको बिचार