Tuesday, October 17, 2017

एमाले स्थायी कमिटि बैठक बस्दै, स्थानीय चुनाव बारे छलफल हुने

प्रकाशित मिति: 2017/03/23

चैत १०, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने बैठकले स्थानीय चुनावको तयारीका विषयमा छलफल गरेर आवश्यक गृहकार्य अघि बढाउने बताइएको छ ।

स्थानीय तहको निर्वाचन, पार्टीका गाउँ, नगर कमिटीहरुको समायोजन र २ नम्बर प्रदेशमा अभियान चलाउने सन्दर्भमा निर्णय लिन आज एमालेको बैठक बस्न लागेको हो ।

बैठकले स्थानीय चुनावका लागि उम्मेदवार छनौटको मापदण्ड बनाउने र घोषणापत्रलगायतका कामहरुको जिम्मेवारी तोक्ने बारे छलफल हुने भएको छ ।

यसपटक जसरी पनि चुनाव जित्नैपर्ने दबाबमा पार्टी रहेकाले उम्मेदवार चयनमा सावधानी अपनाइने नेताहरुले बताए ।

तपाईंको बिचार