Friday, August 18, 2017  |    

प्रधानमन्त्रीले आज चीनका उपप्रधानमन्त्रीलाई भेट्दै

प्रकाशित मिति: 2017/03/24

चैत्र ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सप्ताहब्यापी भ्रमणका लागि हिजो चीन जानुभएको छ ।  

हिजो राती साढे १० बजे चाइना साउदन एयरलायन्सबाट श्रीमती सिता दाहाल, स्वकिय सचिव छोरा प्रकाश दाहाल, परराष्ट्रमन्त्री डाक्टर प्रकाश शरण महत सहित १५ जना सदस्य टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड चिन जानु भएको हो । प्रधानमन्त्री प्रचण्डले ११ गते चीनका उपप्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ । १२ गते वोआओ फोरमलाई सम्वोधन गर्नै कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा नेपाल र चीन सम्वन्धबारे प्रवचन समेत दिने कार्यक्रम रहेको छ । साथै चिनिया उद्योगीहरुलाई सम्बोधन गर्ने अर्को कार्यक्रम पनि छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डबीच १३ गते १५ मिनट मात्र भेटर्वार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री प्रचण्ड आगामी १६ गते ल्हासा हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ । भ्रमणमा दुई देशबीच कुनै सम्झौता तथा साझेदारीमा हस्ताक्षर नहुने भएको छ । 

भ्रमणका क्रममा विगतको सहमति सम्झौता कार्यान्वयन र आगामी महत्वपूर्ण योजनाका लागि दुईदेशबीचको सुमधुर वातावरण बनाउनेमा केन्द्रित हुने जनाइएको छ । नेपालले लगानी, क्रस वोर्डर ईकोनोमिक जोन, वान वेल्ट वान रोड, सडक तथा रेलको सन्दर्भमा गहन र वृहत रुपमा छलफल र थप सहमति तथा सम्झौताका लागि आधार निर्माण गर्ने बताइएको छ । 

तपाईंको बिचार