Friday, December 15, 2017

कांग्रेसको कार्य सम्पादन समिति गठन

प्रकाशित मिति: 2017/03/26

चैत ३, काठमाडौं । नेपाली कांग्रेसले २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति र ४२ वटा बिभाग टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले पेश गरेको कार्य सम्पादन समिति गठन र बिभाग गठनको प्रस्ताव आइतबारको केन्द्रीय समिति बैठकले पारित गरेको कांग्रेस केन्द्रीय कार्यालय जनाएकोछ ।

कांग्रेसको विधानको धारा २९ र ३० मा कार्य सम्पादन समितिको व्यवस्था छ । जसमा केन्द्रीय समितिको बैठक बस्न नसकेको अवस्थामा कार्य सम्पादन समितिको बैठकले काम गर्ने उल्लेख छ । नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भए पनि कार्य सम्पादन समिति गठन हुन सकेको थिएन । 

पार्टी सभापति शेरबहादुर देउवा संयोजकत्वको कार्य सम्पादन समितिमा रामचन्द्र पौडेल, शशांक कोइराला, सितादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, रामशरण महत, अर्जुनरसिंह केसी छन् ।

यसैगरी बलबहादुर केसी, महेश आचार्य, नरहरी आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, फरमुल्ला मन्सुर र मानबहादुर विक पनि कार्य सम्पादन समितिमा छन् ।

यसैगरी कांग्रेस बिधानको धारा ३७ मा बिभागहरुको व्यवस्था छ । संगठन विभाग, प्रचार बिभाग, अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग, संसदीय बिभाग, दलित बिभाग लगायतका बिभागहरु छन् ।

तपाईंको बिचार