Friday, August 18, 2017  |    

आज प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति भेट हुने

प्रकाशित मिति: 2017/03/27

चैत १४, काठमाडौं । प्रधानमन्त्री दाहालले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्दैछन् । 

चीनको बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा हुने भेटमा आपसी हितका बारेमा छलफल हुने बताइएको छ । उक्त भेटमा भेटमा चीनको ‘वान रोड, वान बेल्ट’ अवधारणमा नेपालको साझेदारीसँगै नेपालको विकासमा चिनियाँ सहयोग र चीनको ‘एक चीन नीति’मा नेपालको धारणबारे पनि छलफल हुने बताइएको छ ।

त्यस्तै पारवहन तथा यातायातसम्बन्धी गत वर्ष भएको सम्झौताका आधारमा तयार गरिएको प्रोटोकल, विद्युत् प्रसारणलाइन तथा ग्रिडलगायत सीमासम्बन्धी विषयमा छलफल हुनेछ । लगानी, सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि, रेलवे, पूर्वाधारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले राष्ट्रपति पिङलाई नेपाल भ्रमणको निम्तो समेत दिनेछन् ।

तपाईंको बिचार