Friday, December 15, 2017

ओली र भारतीय राजदूतबिच भेट

प्रकाशित मिति: 2017/03/27

चैत १४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आज नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले भेटेका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा राजदूत सिंहले ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । 

अध्यक्ष ओलीले नेपाली जनताको लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त संविधानसभाबाट जारी संविधान कार्यान्वयन र जनतालाई अधिकार दिलाउन आफूहरु लागिपरेको बताएका थिए । 

रणजीत राय कार्यकाल सकेर फर्किएपछि आएका राजदूत पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । –रासस 

तपाईंको बिचार