Tuesday, April 25, 2017  |    

प्रधानमन्त्री दाहाल र भारतीय राजदूतबिच भेट

प्रकाशित मिति: 2017/03/30

चैत १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीबीच भेटबार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। भेटमा प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहनेमा विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

भेटका अवसरमा राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुसी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भूमिका रहने बताए। 

तपाईंको बिचार